दफा १५२
वारिस परिवर्तन गर्न वा आपैm मुद्दा सकार गर्न सक्ने

(१) मुद्दाको पक्षले चाहेमा आफूले दिएको वारिसनामा जुनसुकै बखत बदर गरी अर्को वारिस नियुक्त गर्न वा निवेदन दिई आफैलेमुद्दा सकार गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अर्को वारिस नियुक्त भएकोमा वा पक्ष आफैले मुद्दा सकार गरेमा अदालतले वारिस नियुक्त गरिएको वारिसनामा वा मुद्दा सकार गर्न दिएको निवेदनमिसिल संलग्न राखी त्यसको अभिलेख समेत राख्नु पर्नेछ ।